बाँके जेठ ३२ गते ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका एकजना बृद्धमा कोरोना भाइरस पोजेटिभ देखिएपछि आज एक दिनका लागि अस्पताल सील गरिएको छ ।
अस्पतालका सहायक निर्देशक डाक्टर नितेश कुमार कनोडियाका अनुसार, रुकुम सानोभेरी १ निवासी ८२ वर्षीय पुरुष आन्द्रामा ट्युमर भई उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका थिए ।
उनको शल्यक्रिया गर्नुभन्दा पहिले पिसिआर परीक्षण गरिएकोमा रिपोर्ट पोजिभि आएको हो । हाल सम्म बिरामीको अवस्था सामान्य रहेको तथा बिरामीलाई कोरोना वार्डमा सिफ्ट गरिएको डा कनोडियाले बताउनुभयो । सर्जरी वार्डलाई निर्मलीकरण गर्न आज एक दिनका लागि सील गरिएको उहाँको भनाइ छ ।
यसअघि पनि यो अस्पतालले कोरोना संक्रमित गर्भवतिको शल्यक्रिया गरेको थियो ।
अन्य सेवा भने नियमित नै रहेको उहाँको भनाइ छ ।
Discussion about this post