तनहुँ असार १ गते ।
तनहुँमा पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । घिरिङ गाउँपालिकाको क्वारेन्टिमा बस्दै आएका, ४६, ४५, २७, २७ र २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा।विनोद विन्दु शर्माले जानकारी दिनुभयो।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २०४ पुगेको छ । ड। शर्माका अनुसार संक्रमितहरुलाई तनहुँकै शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रस्वास केन्द्रको आइसोलेसन कक्षमा पुर्याइएको छ ।
यसअगाडि तनहुँका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Discussion about this post