बाँके असार १ गते ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा आज थप २४ जना कोरोना भाइरसका पोजेटिभ फेला परेका छन् । बाँकेका ५, बर्दियाका १६ र प्यूठानका ३ जनागरी २४ जनामा कोरोना भाइरस पुष्टि भएको अस्पतालले जनाएको छ।
बाँकेको खजुरा गाउँपालकाका ४ र नेपालगन्ज उपमहानगरपालिकाका एक, बर्दिया मधुवन नगरपालिकाका १३, बासगढी नगरपालिकाका १ र राजापुर नगरपालिकाका २ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ ।
यस्तै प्यूठानको सरुमारानीका तीनजनामा भाइरस पुष्टि भएको छ ।
Discussion about this post