बाँके असार २ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ ले नगर भवन प्रहरीलाई फ्रीज उपलब्ध गराएको छ । गर्मीमा प्रहरीलाई चिसो पानीको सहजता होस् भन्ने उद्देश्यले फ्रीज दिइएको वडा अध्यक्ष सुरेन्द्र गुप्ता बैश्यले बताउनु भयो ।
उहाँका अनुसार उक्त फ्रीजको मूल्य २४ हजार पाँच सय रहेको उहाँको भनाइ छ । वडाले फ्रीज उपलब्ध गराएपछी प्रहरी खुसी भएका छन । अन्य खाने सामाग्री नबिग्रीयोस भन्ने पनि वडा कार्यालयले उद्देश्य राखेर फ्रीज दिइएको पनि अध्यक्ष बैश्यले बताउनु भयो ।
Discussion about this post