बाँके असार २ गते ।
कोहलपुर नगरपालिकामा एक जनाको करेन्ट लागेर मृत्युु भएको छ ।कोहलपुनगरपालिका वडा नम्बर ११ को टाउनप्लानिङ क्षेत्रमा ११ केभिको नया लाइनमा विद्युत चार्ज गर्ने क्रममा कोहलपुर ११ का शसिराम चौधरीको करेन्ट लागेर मृत्युु भएको हो ।
मृतक चौधरी टाउन प्लानिङ क्षेत्रमा नयाँ विद्युत लाईन बिस्तार गरिरहेको ठेक्दार कम्पनी सेन्टर नेपाल ईञ्जिनियरिङ एण्ड कन्ट्रक्शन प्रालिमा कार्यरत थिए। करेन्ट लागेलगत्तै चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएको छ ।
Discussion about this post