बाँके असार २ गते ।
बाँकेमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। बैजनाथ गाउँपालिकाकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि बाँकेमा नरैनापुरका युवकको कोरोनाबाट मृत्यु भएको थियो। ती महिला बिरामी भएपछि ३० गते मेडिकल कलेज, कोहलपुरमा उपचार गराउन आएको बताइएको छ ।
सोमबार साँझ मृत्यु भएको उनको दिउँसो स्वाव लिइएको थियो। स्वावको मंगलबार राती आठ बजे रिपोर्ट आउदा महिलामा कोरोना देखिएको हो। उनको भोलि मात्र शब ब्यबस्थापन गरिने जिल्ला स्वास्थ कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बाँकेमा ३ सय २३ जना संक्रमित देखिदा दुई सय सात जना डिस्चार्ज भएका छन्।
Discussion about this post