बाँके असार ३ गते । भेरी अस्पताल नेपालगन्जमा परिक्षण गरिएका स्वाबको नमुना मध्ये बुधबार दिउँसो बर्दियाका ३१ र बाँकेका १ गरि ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार बाँके बैजनाथ ६ की ४६ बर्षिया एक महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार कै क्रममा मंगलबार नै मृत्यु भइसकेको छ ।
त्यसैगरी बर्दिया बढैयातालका २६ जना, राजापुरका १ जना र बासगढीका ४ गरी ३१ जना गरि बर्दियाका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
Discussion about this post