बाँके असार ३ गते ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएका अर्का एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गएराती मृत्यु भएकी ४३ बर्षिया महिलामा आज कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
उनको हिंजो दिउँसो स्वाब लिइएको थियो । नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सह निर्देशक डाक्टर नितेश कनोडियाका अनुसार, मृत्यु भएकी महिला कैलाली लम्की नगरपालिका २ की हुन् । टाउकोमा चोट लागेपछि उनी गएको जेठ ३१ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो ।
योसँगै दुई दिनको अवधिमा मेडिकल कलेजमा मृत्यु भएका दुई महिलामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो । उनको शव मेडिकल कलेजमै राखिएको र व्यवस्थापनका लागि सरोकारवाला छलफलमा जुटेका छन् ।
Discussion about this post