सुर्खेत असार ४ गते ।
कर्णाली प्रदेशमा कोरोना भाईरस सङ्क्रमितको सङ्ख्या हजार १०० नाघेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट १४, प्रदेश अस्पतालको आरटी पिसिआर रिपोर्टअनुसार दुई सुर्खेत र दुई दैलेखमा गरी १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी गराए ।
बुधबार १८ जना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या एक हजार १०४ पुगेकोउनले बताए ।
महाशाखा प्रमुख डा तिवारीका अनुसार कूल सङ्क्रमितमध्ये दैलेखमा मात्र हालसम्म ६३६ अर्थात् करिब ६० प्रतिशत रहेका छन् । त्यस्तै, सुर्खेतमा २३७, सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा ८ , मुगुमा दुई, हुम्ला र डोल्पामा एकरएक जनामा कोरोना सङ्क्रमण पुष्टि उनले बताए । सङ्क्रमितमा पुरुष एक हजार २२ जना र महिला ८२ जना रहेका छन् ।
Discussion about this post