बाँके असार ५ गते ।
बाँकेमा आज थप ४१ जना कोरोना संक्रमितलाई आइसोलेसन सेन्टरबाट डिस्चार्ज गर्न लागिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, जानकी गाउँपालिकाको जोगागाउँ मावि आइसोलेसनका संक्रमितलाई डिस्चार्ज गर्न लागिएको हो ।
संक्रमण पुष्टि भएको १६ दिनपछि उनीहरु डिस्चार्ज हुन लागेका हुन् । उनीहरु सबै रि टेस्ट नगरि घर जान लागेका छन । घर जानेको सूचिमा आइसोलेसनबाट भागेका संक्रमित पनि छन । नेपालगन्ज उपमहानगरपालिका १२ का संक्रमित युवा उक्त आइसोलेसन सेन्टरबाट दुई दिनमै भागेका थिए ।
बाँकेमा ३ सय २७ कोरोना संक्रमित मध्ये अहिलेसम्म २ सय ५० जना निको भएका छन् ।
Discussion about this post