काठमाडौ असार ५ गते ।
गण्डकी प्रदेशको पर्वत अस्पतालका पाँचजना स्वास्थ्यकर्मीमा कोभिड–१९ पोजेटिभ देखिएको छ ।
असार ५ गते राष्ट्रिय प्रयोगशाला टेकु अस्पतालमा गरिएको स्वाब परीक्षणमा पाँच स्वास्थ्यकर्मीको कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिएका छन् ।
संक्रमण देखिएपछि अस्पतालको इमर्जेन्सीबाहेकका अन्य सेवाहरु अर्को सुचना नआएसम्मकाम लागि बन्द गरिएको डा. देवकोटाले जानकारी दिएका छन् ।उनले संक्रमण बढ्दै गएपछि अस्पतालमा आउने जाने बिरामी सङ्ग अन्य कर्मचारी स्टाफ नर्स डाक्टर लगायतमा जोखिम बढ्न सक्ने हुनाले सबैको स्वास्थलाई मध्यनजर गर्दै इमर्जेन्सी बाहेक अन्य सेवा बन्द गरिएको बताएका छन् ।
गण्डकी प्रदेशमा आज बिहानमात्र २४ जनामा संक्रमण पुष्टि भएको थियो। योसँग गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३५२ पुगेको छ।
Discussion about this post