बाँके असार ६ गते ।
कपिलवस्तु कृष्णनगरकी २७ वर्षीया कोरोना संक्रमित गर्भवतिको शल्यक्रिया गरिएको छ । उहाँको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शल्यक्रियामार्फत छोरीको जन्म भएको मेडिकल कलेजले जनाएको छ।
रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालबाट रिफर गरिएकी उनलाई गएराती अस्पतालमा भर्ना गरिएको थियो । उनको आज विहान करिव पाँच बजे शल्यक्रिया गरिएको अस्पतालका सहनिर्देशक डाक्टर नितेशकुमार कनोडियाले जानकारी दिनुभयो ।
अहिले आमा र शिशुको अवस्था सामान्य रहेको पनि उहाँले जानकारी दिनुभयो ।
Discussion about this post