काठमाडौं असार ६ गते ।
चर्चित नायिका निरिषा बस्नेतले कोरोना भाइरस (कोभिड १९ )लाई जित्न सफल भएकी छिन् । केही समयअघि कोरोना भाइरसको संक्रमण देखिएपछि उनी मुम्बइको एक अस्पतालमा भर्ना भएकी थिइन् ।
उनी अहिले कोरोनाबाट मुक्त भएको बारे उनका पिता विश्व बस्नेतले जानकारी गराएका छन् ।
नेपाली चलचित्र ‘जानी नजानी’मा मुख्य अभिनेत्रीको भूमिका निभाएकी निरिषा अहिले भारतको मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी छिन् । मुम्बइमा रहेर सिरियलमा काम गर्दा गर्दै नेपाली चलचित्रमा प्रवेश गरेकी उनले चलचित्र जानी नजानी बाट डेब्यु गरेकी हुन् । उनले भारतीय सिरियल ‘चन्द्र नन्दिनी मा पनि काम गरि सकेकी छिन् ।
उनले दैनिक शारीरिक व्यायम, स्वस्थ खाना खाने अनि आत्मबल बढाएमा कोरोना लाई सजिलै जित्न सकिने बताएकि छिन ।
Discussion about this post