खोजखबर संवाददाता
बाँके भदौ ३ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ को बाल विकास केन्द्रमा रहेका बालबालिकालाई वडा कार्यालयले सहयोग गरेको छ ।
सो वडामा रहेको नमूना बाल विकास केन्द्रलाई वडा कार्यालयले सामग्री सहयोग गरेको वडाध्यक्ष सुरेन्द्र बैश्यले जनाएका छन् । वडाध्यक्ष बैश्यले मंगलवार बालबालिकालाई कपडा, जुत्ता, ट्रयाकसुट र ब्याग सहयोग गरिएको बताए ।
वडाध्यक्ष बैश्य, वडासदस्य निखिल बैश्य, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले विद्यार्थी र अभिभावकलाई संयुक्तरुपमा सामग्री हस्तान्तरण गरेका थिए । करीब ४३ हजार मुल्य बराबरको सामान सहयोग गरिएको वडाध्यक्ष बैश्यले बताए । केन्द्रमा २४ जना विद्यार्थी अध्ययनरत छन् ।
बाल विकास केन्द्रमा रहेका बालबालिकालाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको उनिहरुले बताएका छन् ।
Discussion about this post