बाँके असार ७ गते ।
बाँके जिल्लामा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई बागेश्वरी टेलिभिजनले मास्क र स्यानिटाइजर वितरण गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका १० आर्दशनगरस्थित आफ्नै कार्यालय भवनमा एक कार्यक्रमकाबीच टेलिभिजनले १ सय ६३ जनालाई एन नाइन्टिन फाइभ मास्क र स्यानिटाइजर वितरण गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक बसन्त शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार, रिपोर्टिङमा खटिने पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर टेलिभिजनले मास्क र स्यानिटाइजर वितरण गरेको हो । टेलिभिजनका अध्यक्ष लक्ष्मी नारायण शाहले कोरोना भाइरसको महामारीमा पत्रकारहरुले जोखिम मोलेर रिपोर्टिङ गरिरहेको उल्लेख गर्दै ति पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
टेलिभिजनले सामाजिक दूरीको पालना गरेर स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।
Discussion about this post