बाँके असार ११ गते ।
नेपाल औषधि व्यवसायी संघ नेपालगन्जले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आफ्नै कार्यालय भवनमा आयोजित रक्तदान कार्यक्रममा अहिलेसम्म एक दर्जनबढीले रक्तदान गरेका छन् ।
रक्तदान नै जीवन दान हो भन्ने मुख्य रानाका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका महासचिव जीवन शर्माले बताए । संघको ४७ औं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
कोभिड–१९ का कारण संस्थागतरुपमा रक्तदान गर्ने क्रम कम भएकाले संघले यसैलाई मध्यनजर गरेर रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ ।
Discussion about this post