बाँके असार ११ गते ।
नेपाल औषधि व्यवसायी संघ नेपालगन्जले विहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ३० जनाले रक्तदान गरेको संघका सचिव प्रदीप शाहले जानकारी दिनुभयो । आफ्नै कार्यालय भवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
रक्तदान नै जीवन दान हो भन्ने मुख्य रानाका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका सचिव शाहले बबताउनुभयो । संघको ४७ औं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कोभिड–१९ का कारण संस्थागतरुपमा रक्तदान गर्ने क्रम कम भएकाले संघले यसैलाई मध्यनजर गरेर रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ ।
Discussion about this post