बाँके असार ११ गते ।
सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकले डुडुवा गाउँपालिकाको वडा नम्बर १ को होलियाबाट २ लाख ३५ हजार रुपैयाँ बराबरको अवैध सुर्तीजन्य समान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा रहेको गस्ती टोलीले आज डुडुवा गाउँपालिकाको वडा नम्बर १ को होलियाबाट अवैध रुपमा भारतबाट ल्याउदै सुर्तीजन्य सामाग्री बरामद गरेको छ ।
भारतबाट बिहानी समयमा तस्करले बोकेर ल्याउदै गरेको अवस्थामा गस्ती गर्दै गरेको सशस्त्र प्रहरी गाडीलाई देखेपछि तस्करहरुले सुर्तीजन्य सामन छोडेर भारततर्फ भागेको सहायक निरीक्षक भाटले भने(सशस्त्र प्रहरीले लकडाउनमा करिब १० लाख बराबरको अवैध सामाग्री बरामद गरिसकेको छ ।
बरामद गरिएका सुर्तीजन्य सामग्रीलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेले जानकारी दिएको छ ।
Discussion about this post