काठमाडौं असार १२ गते ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भारी वर्षा र यसपछि परेको चट्याङ लागेर मृत्यु भएकाहरुको परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले सामाजिक सञ्जाल, ट्वीटरमार्फत बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन्। उनले ट्वीट गर्दै भनेका छन् ।
अविरल वर्षा र यसपछिको चट्याङमा परेर धेरै नागरिकको ज्यान गएको समाचार सुनेर मलाई निकै दुःख लागेको छ। भारतको बिहार र उत्तर प्रदेशका कैयौँ जिल्लाहरुका लागि यहाँका मौसमविद्हरुले बिहीबार आगामी ७२ घण्टाको लागि मौसमी चेतावनी जारी गरेका छन्। भीषण वर्षा र हावाहुरी चल्ने चेतावनी दिइएको छ।
बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा ७२ घण्टाका लागि मौसमी चेतावनी जारी गरिएको थियो। भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो। मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो। बिहारमा समय समयमा पर्ने गरेको चट्याङ्बाट ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको पाइएको छ।
बिहीबारदेखि परेको भारी वर्षा र त्यसपछि आएको चट्याङबाट कम्तीमा पनि ९२ जनाको ज्यान गएको बताइएको छ। अरु पनि कैयौँ नागरिक नराम्ररी घाइते भएका पनि बताइएको छ।
Discussion about this post