बाँके असार १३ गते ।
क्रियासील महिला पत्रकार बाँकेलाई वातावरण तथा ग्रामिण विकास केन्द्र इन्रुडे बाँकेले स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड-१९ का कारण सहज रुपमा समाचार संकलन,उत्पादन र कार्यमा बाँकेका पत्रकार महिलाहरुलाई सहजता होस् भन्ने उद्देश्यले ३५ थान सेनिटाईजर र के एल नाईन्टी फाईब माक्स प्रदान गरेको हो ।
इन्रुडेकको कोहलपुर स्थित कार्यालयमा क्रियासील पत्रकार बाँकेका अध्यक्ष अमृता के सी लाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । यसैबिच क्रियासील महिला पत्रकार बाँकले कोहलपुर क्षेत्रमा रहेर पत्रकारीता गर्ने पत्रकार महिलालाई सेनिटाईजर र माक्स वितरण गरेको छ । कोरोनाका कारण कार्यालय आउजाउ र समाचार संकलनमा स्वास्थ्य संवेदनशीलता अपनाउन सहज होस् भन्ने उद्देश्यले सेनिटाईजर र माक्स वितरण गरिएको बाँकेका अध्यक्ष अमृता के सीले बताउनुभयो ।
यस अघि डब्लुडब्लुजे बाँकेले भाडामा बस्ने पत्रकार महिलाहरुलाई दैनिक उपभोग्य खाद्य सामग्री समेत वितरण गरेको थियो ।
Discussion about this post