बाँके असार १५ गते ।
अन्नको भण्डारका रुपमा चिनिने बाँके र बर्दियामा धमाधम रोपाइँ सुरु भएको छ । समयमै बर्षा भएका कारण योपाली बाँके र बर्दियाका किसानहरु धान रोपाईमा व्यस्त भएका हुन् । बाँकेमा अहिलेसम्म ३५ प्रतिशत रोपाइँ सकिएको छ भने बर्दियामा ५५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले जानकारी दिनुभयो ।
गतबर्ष असार १५ सम्म किसानहरुले धानको व्याड राख्नमै व्यस्त थिए । तर यो बर्ष समयमै बर्षा भएका कारण रोपाइँ छिटो भएको ढकालको भनाइ छ । हुन त असार १५ भित्र धान रोपाइँ सम्पन्न गरेर किसानहरुले हर्षबरै गर्दै आज दहि चिउरा खाएर खुसीयाली मनाउने दिन हो ।
तर पछिल्ला बर्षहरुमा बर्षाका कारण रोपाइँ प्रभावित हुँदा किसानहरु असार १५ मा खेतमै व्यवस्त हुने गर्छन् ।
Discussion about this post