फाइल फोटो
बाँके असार १५ गते ।
बाँकेमा आज थप ५ जना डिस्चार्ज भएका छनु । आदर्शनगर आइसोलेसन सेन्टरबाट खजुरा ४ का ३ जना, सुशील कोइराला क्यान्सर अस्पताल खजुराबाट खजुरा ४ कै १ जना र आइसोलेसन सेन्टरबाट खजुराबाट नेपालगन्ज १४ का १ गरी आज ५ जना डिस्चार्ज भइ घर जान लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बाँकेमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ सय ५२ पुगेको छ । जसमध्ये २ जनाको मृत्यु भइसकेको छ भने आइसोलेसनमा अब ३३ जनाले मात्र स्वास्थ्य उपचार गरिरहेका छन भने बाँकी सबै निको भएर घर फर्केको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Discussion about this post