फाइल फोटो
काठमाडौं असार १५ गते ।
बंगलादेशको ढाकामा डुंगा फेरी दुर्घटना हुँदा कम्तीमा २३ जनाको ज्यान गएको र २ दर्जनभन्दा बढी बेपत्ता रहेको एजेन्स फ्रान्स प्रेस-एएफपीले जनाएको छ। समाचारमा जनाइएअनुसार सोमबार बिहान डुंगा दुर्घटना भएको थियो।
दुर्घटना भएको डुंगामा ५० जना सवार रहेको र २३ जनाको शव फेला परेको बंगलादेशका अधिकारीहरुले जनाएका छन्। बाँकी बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको अधिकारीको भनाई उदृत गर्दै एएफपीले उल्लेख गरेको छ।
Discussion about this post