कैलाली असार १७ गते ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा विषालु सर्पले डस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका वडा १६ का १४ वर्षीय पर्वत गिरी रहेको प्रहरीले जनाएको छ ।
गिरीलाई गएराति नै सर्पले डसेको थियो । उपचारको लागि महाकाली अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरी उपरीक्षक अमर बहादुर थापाले बताउनुभयो ।
सर्प दंशकै कारण असार १४ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीकी ५ वर्षीया बालिका पुनम बोहराको मृत्यु भएको थियो ।
Discussion about this post