बाँके असार १७ गते ।
बाँके प्रहरीले राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक नेपालगन्ज शाखाका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ । बैंकका ऋण सिफारिस समितिका सदस्य समेत रहेका कलबहादुर ओलीलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
गएको असार १२ गते बैंकका शाखा प्रवन्धक ललितबहादुर शाही पक्राउ परिसकेका छन् । सुनचाँदी व्यवसायी जसगढलाई प्रहरीले जेठ २७ गते नै पक्राउ गरेको थियो ।सरकारी छाप किर्ते र नक्कली कागजात पेश गरेर नेपालगञ्जका सुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले राष्ट्रिय बाणिज्य बैकको, नेपालगञ्जको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैया ऋण लिएको घटनामा बैंकका ओली पक्राउ परेका हुन् ।
यो प्रकरणमा अहिलेसम्म तीनजना पक्राउ परेका छ्न । सुनचाँदी व्यवसायी जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर एक करोड २५ लाख ऋण लिएका थिए ।
Discussion about this post