बाँके असार १७ गते ।
नेपालगंज उपहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ता हित सम्बन्धि ११ बुदे कार्ययोजना पारित गरेको छ । समितिका संयोजक एवं नेपालगंज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यतामा बसेको बैठकले उपभोक्ता संचेतना कार्यक्रम, बिद्यालयमा उपभोक्ता शिक्षा, बजार अनुगमन लगायतका एक बर्षे कार्ययोजना पारित गरेको हो ।
उपभोक्ता अधिकार संरक्षणमा बार्षिक कार्ययोजनामा उपभोक्ता शिक्षा र बजार अनुगमनलाइ विशेषज जोड दिईएको छ। समितिको बैठकले अत्यावश्यक बस्तु तथा सेवाको माग र आपुर्तिको क्षेत्रगत अवस्थाको बिश्लेषण गरि कार्यान्वयनमा ल्याउन क्षेत्रगत सरोकारवाला बिच अन्तरक्रिया गर्ने, बजारको माग र आपुर्तिको अवस्थाको बारेमा ढाँचा तयार गरि स्थलगत संर्बेक्षण गर्ने, बस्तु तथा सेवा आपुर्तिकर्ताका प्रतिनिधिहरुसंग अन्तरक्रिया गर्ने, कार्यतालिका बनाई नियमित बजार अनुगमन गर्ने, बस्तु र सेवाको स्थिति बारे नियमित तथा आवश्यकता अनुसार बजार अनुगमन गर्ने र बर्षभरि गरेका काम बारे बार्षिक प्रतिवेदन प्रकाशन गर्ने कार्ययोजना पास गरेको छ ।
Discussion about this post