दाङ असार १८ गते ।
दाङ जिल्लाको तुलसीपुरकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियोमा आएर आत्महत्या गरेकी छन् ।तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी करिव २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरेका छन् ।
‘राति १ बजेर २५ मिनेटमा जानकारी पायौँ, घर पत्ता लगाउन मुस्किल पर्यो, अबेर उनको घरमा पुग्दा उनको मृत्यु भैसकेको थियो । उनले भने, ‘उनी माइतीमा बस्दै आएको खुलेको छ ।’ बुवा आमा सबै भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् ।’उनी विवाहित रहेको र माइतीमा बस्दै आएको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
Discussion about this post