बाँके असार १९ गते ।
संसदको राज्य ब्यवस्था समितिबाट पारित भएको निजामती कर्मचारी विधेयकको बिरोधमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन बाँकेले बिहिवार ज्ञापनपत्र बुझाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङमार्फत ज्ञापनपत्र बुझाइएको जिल्ला अध्यक्ष कृष्णकुमार थापाले जानकारी दिए ।
पारित विधेयकमा आम कर्मचारीहरुको हक अधिकार र स्वाभिमानमा चोट पुग्ने गरि तयार गरिएको भन्दै अध्यक्ष थापाले विधेयक सच्चाउन माग गर्दै अन्यथा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
आधिकारिक ट्रेड यूनियनले १६ बुँदे मागपत्र समेत प्रस्तुत गरेको सचिव चिरञ्जीवी पाण्डेले बताए ।
Discussion about this post