बाँके असार २० गते ।
बाँकेको राप्तीसोनारीबाट पाटे बाघको छाला र हड्डीसहित एकजना पक्राउ परेका छन्। राप्तीसोनारी गाउँपालिका वडा नं १ सिमलघारीका नवराज घर्तिलाई बाघको छाला एक थान र ११ किलो हड्डीसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
उनलाई ५ नम्बर प्रदेश ब्यूरो, दाङ र जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले गरेको हो। ब्यूरोका इन्चार्ज प्रमोद क्षेत्रीको टोलीले बाघको छाला र हड्डीसहित घर्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
घर्तिले मकैबारीमा बाघको छाला र हड्डी लुकाएर राखेको फेला परेको प्रहरीको भनाइ छ । त्यस विषयमा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।
Discussion about this post