काठमाडौं असार २२ गते ।
तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ ।
यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ ।
नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तब्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।
Discussion about this post