बाँके असार २३ गते ।
पूर्वराजा ज्ञानेन्द्र शाहको ७४ औं जन्मजयन्तीका अवसरमा बाँकेमा क्रियाशील पुनःस्थापना केन्द्रहरुले नेपालगन्जमा मास्क र सेनिटाइजर वितरण गरेका छन् । सामाना पुनःस्थापना केन्द्रका अध्यक्ष आगमन सिंहका अनुसार, शाहको जन्मजयन्तीको अवसर पारी सर्वसाधरणलाई मास्क र सेनिटाइजर वितरण गरिएको हो ।
त्रिभुवन चोकमा आयोजित एक कार्यक्रमकाबीच नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले मास्क र सेनिटाइजर वितरण गर्नुभएको थियो । वितरण कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले मुलुकको अखण्ड राज्य निर्माणमा शाहबंशीय राजाहरुले पुर्याएको योगदान अतुलनिय रहेको बताउनुभयो ।
उहाँले पूर्वराजा शाहको जन्मजयन्तीका अवसरमा मास्क र सेनिटाइजर वितरण कार्यक्रम गरेकोमा पुनःस्थापना केन्द्रहरुलाई धन्यवाद दिनुभयो । सामाना पुनःस्थापना केन्द्रका अध्यक्ष सिंहले करिव डेढडेढ सय मास्क र सेनिटाइजर वितरण गरिएको जानकारी दिनुभयो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यका साथ उक्त सामाग्री वितरण गरिएको जानकारी दिनुभयो । मास्क र सेनिटाइजर नबोकेर हिडेका सर्वसाधरणलाई स्वास्थ्य सुरक्षाका लागि सामाग्री वितरण गरिएको हो ।
Discussion about this post