बाँके असार २४ गते ।
वर्तमान नेपाली राजनितिमा नेपाल कम्यूनिष्ठ पार्टि(नेकपा) भित्रको आन्तरिक छलफल बहस र अन्तरसंघर्षका कारण पार्टिको एकता नै गम्भिर मोडमा पुगेको भन्दै बाँकेका नेकपा सङ्ग आस्थावान व्यक्तिहरुलाई चासो र चिन्ता बढेको छ । आज बाँकेको राष्ट्रिय युवा संघ र अनेरास्ववियुमा आबद्ध विद्यार्थी संगठका युवाहरुले जिल्ला कमिटि मार्फत नेकपाका अध्यक्षद्धयलाई ज्ञापनपत्र बुझाएका छन ।

ज्ञापनपत्रमा नेतृत्वले आ—आफ्नो गम्भिर कमि कमजोरी र अहंकारलाई त्यागेर आत्म समिक्षा सहित रुपान्तरण हुनको विकल्प नरहेको उल्लेख गरेका छन । अहिले भैरहेका गतिविधिले पार्टि एकतालाई प्रश्रय दिनुको साटो गुटफुटलाई दिएकाले सबै नेता तथा कार्यकर्ता शुभेच्छुक शुभचिन्तकहरुले आफ्नो ठाउँबाट पार्टि फुट होइन बलियो एकताको लागी खबरदारी गर्न चिन्ता लिनुपर्नेमा जोड दिएका थिए ।
एकता बाट भाग्ने छुट कसैलाई नभएको भन्दै व्यक्ति भन्दा निति विधि र मुल्यमान्यता स्थापित भएको बलियो कम्यूनिष्ट पार्टि चाहिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । युवा सघं नेपाल बाँकेका संयोजक कुश्माखर बस्याल, सह संयोजक आकाश कार्कि र अनेरास्ववियु बाँकेका संयोजक सुरेन्द्र जंग शाहले सयुक्त हस्ताक्षर गरि ज्ञापनपत्र बुझाएका थिए ।

युवा नेता किशोर थापाले अग्रज नेताहरुलाई इङकित गर्दे भने’, यस्तो बेला पनि आयो आफनै नेताहरु मिलेर बस्नुस पार्टी बचाउ अनि रास्ट्र बचाउ भनी युवा बिद्यार्थीले ज्ञापनपत्र बुझाउनु पर्ने ? नेता थापाले पार्टिमा विबाद आउनुभनेको केन्द्र देखि जिल्ला, स्थानियतह सम्म कमजोर हुदै आउने भएकाले नेताहरु यस प्रति गम्भिर भैदिन चिन्ता व्यक्त गरे ।यस्तै युवा संघका कुश्माखर बस्यालले पनि नेकपा लाई यो उचाई सम्म पुर्याउन हामी युवा तथा विद्यार्थीहरुको ठूलो बलिदानी रहेकोले पार्टी फुटेर होइन जुटेर अघि बढ्नु पर्ने भन्दै सयुक्त रुपमा एकताको माग गरेको बताएका छन् ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा जिल्ला कमिटि सचिव अशोक कोइराला, जिल्ला कमिटि सदस्य रत्न खत्रि, युवा नेता किशोर थापा, दिपक जिम, सुरज जागा ,सुनिल रसाइली, लगाएत झण्डै १५० जना भन्दा बढी जिल्लाका युवा तथा विद्यार्थी संगठनका नेता, कार्यकर्ताहरु जम्मा भएको युवा नेता बस्यालले बताएका छन् ।

Discussion about this post