काठमाडौं असार २५ गते ।
राष्ट्रिय मानवअधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ । अन्सारीले गत असार २३ गते सामाजिक सन्जाल ट्वीटरमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारवाही गरिएकोमा खेद प्रकट गर्दै आपत्ति जनाएकी थिइन् ।
आयोगका अध्यक्ष अनुपराज शर्माले विहिवार विज्ञप्ति जारी गरी अन्सारीले सामाजिक सन्जालमा व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन् । संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेद्जनक’ तथा ‘कथित् छानविन प्रतिवेदन’ भनेको आयोगले खेद प्रकट गरेको हो ।
Discussion about this post