फाइल फोटो
पोखरा असार २६ गते ।
कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने ११ जना घाइते भएका छन् । पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो ।
थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।
पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ । पोखरा-२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनका आमा हिमकला अधिकारीको ज्यान गएको छ ।
Discussion about this post