एजेन्सी
काठमाडौं असार २६ गते ।
इटालियन सिरी ए अन्तर्गत पछिल्लो खेलमा तेस्रो स्थानको इन्टर भेरोनासँग बराबरीमा रोकिएको छ । भेरोनाको मैदानमा भएको खेलमा इन्टरले २-२ को बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलमा एक गोलले पछि परेको इन्टरले लगातार दुई गोल गर्दै कुनै समय अग्रतासमेत लिएको थियो तर खेल सकिन ४ मिनेट अगाडि भेरोनाले गोल गरेपछि इन्टर अंक बाँड्न बाध्य भएको हो । घरेलु मैदानमा खेलको दोस्रो मिनेटमै डार्को लाजोभिकले गोल गर्द भेरोनालाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा भेरोनाले अग्रता कायम राखेपनि इन्टरले दोस्रो हाफको सुरुमै गोल फर्कायो । ४९औं मिनेटमा इन्टरका एन्टोनिओ कान्ड्रेभाले बराबरी गोल फर्काए । ५५औं मिनेटमा भेरोनाका फेडेरिको डिमार्कोले आत्मघाती गोल गरेपछि इन्टरले २(१ को अग्रता बनायो ।
तर ८६औं मिनेटमा भेरोनाका मिकेल भेलोसले गरेपछि खेल २(२ को बराबरीमा सकिएको हो । बराबरीपछि इन्टरले तेस्रो स्थानमा उक्लने मौका गुमायो । इन्टरको ३१ खेलबाट ६५ अंक भएको छ । समान खेलबाट ६६ अंकसहित एटलान्टा तेस्रो स्थानमा छ । भेरोना ४३ अंकसहित नवौं स्थानमा छ । यस्तै अर्को खेलमा उडिनेसीले पुछारमा रहेको एसपीएललाई ३(० ले पराजित गरेको छ । जितपछि उडिनेसी ३१ खेलबाट ३५ अंक जोड्दै १४औं स्थानमा उक्लेको छ ।
१९ अंक मात्र रहेको एसपीएल रेलिगेसन जोगाउन संघर्षरत छ ।
Discussion about this post