बाँके असार २६ गते ।
प्रदेश ५ का भुमि व्यवस्था तथा कृर्षि सहकारी मन्त्री आरती पौडेलले प्रतिफलमा आधारीत प्रोत्साहन अनुदानले कृषि क्षेत्रमा उत्पादकत्व बढाउन सघाउ पुग्ने बताएकी छन । मन्त्रालयद्धारा शुक्रवार कोहलपुरमा आयोजित प्रतिफलमा आधारीत प्रोत्साहन अनुदान ग्राही सहकारी आवद्ध कृषकहरुलाई चेक हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन ।
उनले यस आर्थिक बर्षमा कृषि आलु उत्पादक कृषकहरुका लागि २६ लाख बढि अनुदान दिईएको जानकारी दिईन । प्रदेश सरकारले प्रतिकेजि आलुमा २ रुपैया अनुदान दिईएको उनको भनाई छ । प्रदेश सरकारले भेरि सित भण्डार सहकारी कोहलपुर ११ लाई २१ लाख २४ हजार १ सय , साकार कृषि सहकारी राप्ती सोनारी ६ लाई ६ लाख ८२ हजार ५ सय ३५, साना किसान कृषि सहकारी लि बढैया ८ , सिम्रिक कृषि सहकारी बुटवल १०, लाई ५ लाख ७० हजार ३९ र गणपति बहुउदेश्य सहकारी सस्था लि सुदोदन नगरपालिका ४ लाई १ लाख २० हजा ३ सय अनुदान सहयोग प्रदान गरेको छ ।
यस्तै मन्त्रालयले भगवती दुग्ध उत्पादक सहकारी बढैयाताल र चुलि मालिका कृर्षि सहकारीलाई दध उत्पादन अनुदान सहयोग गरेको छ । प्रतिलिटर दुधमा प्रदेश सरकारले १ रुपैया ९६ पैसा अनुदान सहयोग गरेको बहुउदेश्य जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष बल बहादुर खड्काले जानकारी दिएका छन् ।
Discussion about this post