काठमाडौं असार २७ गते ।
तीन यता परेको अविरल बर्षाका कारण नेपालका विभिन्न स्थानमा बाढीपहिरोले पुर्याएको क्षतिप्रति भारत र पाकिस्तानले चिन्ता ब्यक्त गरेका छन् ।
नेपालस्थित भारतीय दूतावास र पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले ट्वीट गरेर दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका हुन ।
विदेशमन्त्री कुरैशीले ट्वीटरमा लेखेका छन्, ‘बाढी र पहिरोले उत्पन्न संकटप्रति हामी नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछौं । हामी नेपाली जनताको साथमा छौं र प्रभावित परिवारका लागि प्रार्थना गर्दछौं ।’ नेपालस्थित भारतीय दूतावासले पनि ट्वीट गर्दै नेपालका बिभिन्न जिल्लामा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । ‘बाढी र पहिरोको कारण भएको जनधनको क्षतिप्रति दुःखी छौं,’ भारतीय दूतावासले लेखेको छ, ‘आफन्त गुमाएका परिवारप्रति समवेदना र प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दछौं ।’
गृह मन्त्रालयका अनुसार यो समाचार तयार पार्दा सम्म बाढीपहिरोमा परी देशका विभिन्न भागमा २३ जनाले ज्यान गुमाइसकेका छन् भने ३६ जना बेपत्ता छन् ।
Discussion about this post