बाँके असार २७ गते ।
सतिप्रथा उन्मुलन भएको १ सय बर्ष पुगेको अबसरमा डा.विन्दा पाण्डेद्धारा लिखित समानताका पाइलाहरु पुस्तकको शुक्रबार समिक्षा जुम वेभिनारद्धारा सम्पन्न गरीएको छ । १९७८मा चन्द्रशंसेरको पालामा १ सय ७६ जना महिलाले समाधि गरेका थिए र सति प्रथाको अन्त्य भयो । जसले गर्दा हाम्रा हजुरआमाहरु पतिसग सति जानु परेन ।
समानताका पाइलाहरु पुस्तक २०७४मा लेख्न शुरु गरी २०७६सालमा प्रकाशन गरीएको थियो । जसमा नालापानी देखि अहिलेसम्म महिला अधिकारको निम्ति संगठित हुदै आएको जसमा महिला आन्दोलनको विश्लेषण गरीएको छ । उक्त कितावमा नेपालको कम्प्युनिष्ठ आन्दोलनमा महिलाको योगदान र सशक्तिकरणको सवाल उठाइएको छ ।
कम्युनिष्टपार्टीले चुनावको बेला उठाएका महिला अधिकार कति कार्यान्वय भए कति भएनन् भनि विष्लेषण गरीएको छ । सतिप्रथा अन्त्यको निम्ति २ सय ७६ जना अनुयायीले आत्मदह गरेको कुरा, नेपाली राजनीतिमा महिलाको किन आवश्यकता भयो भुमिका के रहयो भन्ने करा, नेपाली महिला आन्दोलनलाइ लिपिबद्ध गर्नमा महत्वपुर्ण योगदान पुर्याएको कुरा उल्लेख छ ।
साथै उक्त पुस्तक ९खण्ड ५ चरणमा लेखिएको छ ।
जसमा नालापानीदेखि २००७ साल, ०१७ साल, ०३६साल, ०४६साल , ०६२,०६३साल र ०७४सालमा गरीएका महिला आन्दोलनको इतिहास समेटिएको छ । कुनकुन कालखण्डका महिला आन्दोलन अगाडि बढ्यो भनेर चर्चा गरीएको छ । हिजो सति प्रथा थियो आज दाइजो प्रथाले महिलालाइ मारेको छ । राजनीतिमा सामाजिक,सांकृतिकरुपमा रुपान्तरण हुदै हातेमालो गर्न जरुरी छ ।
आधारभुत रुपमा राजनैतिक अधिकार लिपिवद्ध भए पनि कार्यान्वयन भएको छैन । जसको हातमा कलम हुन्छ उसको इतिहास मात्र लेखिने भएकाले पहिला पुरुषको हातमा कलम भएका कारण इतिहास पनि पुरुषको मात्र लेखियो महिलाको लेखिएन माननिय डा. विन्दा पाण्डेले भन्नुभयो । उहाँले २०४९सालमा स्थानिय निकायको चुनावमा ४०हजार महिला राजनीतिमा आएको र हाल ४०प्रतिशत महिला राजनीतिमा सहभागी भएको बताउनु भयो ।
दिव्य अधिकारी आमाको अनुभव बाट शुरु भएको मिटिडमा आमाले आफुले नपढे पनि महिलाको अधिकारमा वकालत गर्नमा अग्रपंक्तिमा उभिने गरेको बताउनु भयो । सति प्रथाको अन्त्य नभएको भए सायद योगमाया न्योैपाने नै महिला आन्दोलनको पहिलो व्यक्ति हुनुहुने थियो । महिला मानब अधिकार रक्षकको राष्टिय संजालका अध्याक्ष डा . रेणु अधिकारीले महिला हिंसामा परे भनि सेफ हाउस बनाउने होइन हिंसा गर्नेलाइ घरबाट निकाल्नु पर्ने बताउदै महिलाले गरेको घर भित्र वा बाहिरको कामको मुल्यांकन हुन जरुरी रहेको बताउनु भयो ।
उहाँले महिला समानताका लागि अब संगठीत आन्दोलनको अवश्यक रहेको बताउनु भयो । यसैगरी जुम वेभिनारमा पुस्तकबारे चर्चा गर्दै महिलालाइ आर्थिकमा कसरी जोड्ने,राजनीति फोहोरी खेल भनि युवाहरु राजनीतिमा आउन नचाहेकोले कसरी युवालाइ राजनीतिमा आकर्षण गर्ने ? श्रीमान राजनीतिमा भएका कारण महिला राजनीतिबाट पलायन हुनुको कारण के ?३३प्रतिशत कार्यान्वय नभइ रहेको अवस्थामा ५०प्रतिशत महिला सहभागीता कसरी गराउने ? जस्ता सावाल उठाउन जरुरी रहेको टिप्पणी कर्ता बासुदेव , सृष्टि गीरी,प्रीयांका,प्रदीप गीरी लगायत सहभागीले टिप्पणी गरेका थिए ।
Discussion about this post