बाँके असार २८ गते ।
मास्क नलगाएर हिड्नेहरुलाई बाँके प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मास्क अनिवार्य गरेको छ । मास्क नलगाएर हिडेको पाइए कारवाही गर्न मातहतलाई निर्देशन पनि दिएको छ ।
नेपालगन्जको त्रिभुवन चोकमा मास्क नलगाएर हिड्ने सर्वसाधरणलाई धमाधम पक्राउ गर्दै जरिमाना तिराएको छ । मास्क नलगाएर हिड्नेलाई सय रुपैयाँ जरिमाना गर्ने गरिएको हो । बाँकेमा कोरोना संक्रमण दर घट्दै गएपछि बजारमा अस्वभाविक मान्छेको भीडभाड हुन थालेको छ ।
सामाजिक दूरी पालना गराउन असफल स्थानीय प्रहरी प्रशासन सर्वसाधरणलाई मास्क अनिवार्य गराउन भने तल्लिन भएको देखिन्छ ।
Discussion about this post