बाँके असार २८ गते ।
बाँके राष्ट्रिय निकुञ्जको १०औ बार्षिक उत्सव आइतबार सम्पन्न भएको छ। बार्षिक उत्सव कार्यक्रममा निकुञ्जले बाघको वृद्विदर तिव्र गतिमा भैरहेको बताएको छ । नेपालमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्यका साथ बाँके राष्ट्रिय निकुञ्ज लागि परेको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभएको छ ।
बाँके राष्ट्रिय निकुञ्जको १० औं वार्षिक उत्सवको अवसरमा आयोजीत कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बाघको वासस्थान र जैविक मार्ग संरक्षणमा निकुञ्जले काम गरिरहेको बताउनुभयो । २०६७ सालमा बाँके, दाङ र सल्यान जिल्लाको ५ सय ५० वर्ग कि.मि. क्षेत्र समेटी घोषणा गरीएको नेपालको दशौं राष्ट्रिय निकुञ्जलाई देशकै नमुना निकुञ्जका रुपमा विस्तार गरि रहेको समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष गहेन्द्र कुमार खड्काले वन्यजुन्तको संरक्षणका लागि मानिसहरु नै सकरात्मक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले नेपालमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्यका साथ बाँके राष्ट्रिय निकुञ्ज लागि परेको बताउनुभयो ।
कार्यक्रममा १२ जनालाई सम्मान, वन्यजन्तु पीडित विद्यार्थीहरुलाई छात्रवृद्वि लगायत वन्यजन्तुबाट पीडित भएकालाई राहत वितरण गरिएको थियो ।
Discussion about this post