दाङ असार २९ गते ।
सलहको अर्को झुण्ड पनि नेपाल प्रवेश गरेको छ । बिहान साढे ९ बजेतिर दाङको गढवा गाउँपालिका हुँदै एउटा झुण्ड र दिउँसो एक बजेतिर राप्ती नगरपालिका हुँदै अर्को झुण्ड नेपाल प्रवेश गरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
बिहान केहीबेर घाम लागेको बेला नेपालतर्फ प्रवेश गरेको सलहको झुण्ड दाङमा स्थानीयबासीन्दाले धपाएपछि त्यहाँ नबसी प्युठान र स्याङ्जातर्फ अघि बढेको तर अहिले कहाँ पुगेका छन् भन्ने थाहा नभएको सुवेदीले बताउनुभयो । दुई पटक गरी प्रवेश गरेको झुण्डमा अनुमानित १०र१२ लाखको सङ्ख्यामा सलह किरा रहेको उहाँले बताउनुभयो ।
सलहले प्युठान, अर्घाखाँचीलगायतका अरु छिमेकी जिल्लाहरुमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
आज आएका झुण्डको साथै थप झुण्डसमेत नेपाल आउन सक्ने सम्भावना रहेकोले प्रदेश नम्बर ५, २ तथा १ का तराई र मध्य पहाडी क्षेत्रहरुमा पनि सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
Discussion about this post