खोजखबर संवाददाता
विकासका लागि मन्त्री राईसँग निरन्तर सहकार्य – नेपालगञ्ज उपमहानगरपालिका
बाँके भदौं ८ गते । नेपालगञ्ज उप–महानगरपालिकाले शहरी विकास मन्त्री मो. इस्तियाक राईसँगको निरन्तर सहकार्यबाट नै नेपालगञ्जमा विकासले गति लिएको जनाएको छ । आइतबार कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाले बाँके क्षेत्र नम्बर २ वाट निर्वाचित सांसद समेत रहनुभएका मन्त्री राईसँग कुनैपनि प्रकारको विमति र असमभ्mदारी नभएको प्रष्ट पार्नुभयो । पत्रकार भेटघाटमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्याकुरेल र प्रबक्ता प्रमोद रिजालले पनि मन्त्री राई र मेयर राणाको सहकार्यबाट नेपालगञ्जमा विकास अघि बढेको बताउनुभयो । शहरी विकास मन्त्री राई र मेयर राणा जस्ता दुई होनहार नेतृत्व यो नगरले पाएको छ , पत्रकार भेटघाटमा प्रबक्ता रिजालले भन्नुभयो,– जसको सकारात्मक परिणाम यो शहरमा भईरहेको द्रुत विकासबाट पनि मापन गर्न सकिन्छ । प्रबक्ता रिजालले दुईजनाबीचको सम्बन्ध धुमल्याउने गरि अर्नगल प्रजारवाजी भईरहेको भन्दै नगर प्रमुख र मन्त्री राईको संयुक्त पांग्राबाट नगरको विकासको रथ अगाडी बढ्ने बताउनुभयो ।
पत्रकार भेटघाटमा मेयर राणाले नेपालगञ्ज उपमहानगरपालिकाले सबै कानूनी प्रक्रिया पुरा गरि सातवटा बस खरिद गरेको भन्दै केही दिनमै संचालनमा आउने बताउनुभयो । साझेदारी विकास कार्यक्रम अन्तर्गत संचालित बसको आम्दानी लक्षित वर्गका लागि खर्च गरिने उहाँले जानकारी दिनुभयो । बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका मेयर राणाले बागेश्वरी मन्दिरमा भत्काइएका सटर पुननिर्माण गर्न लागिएको बताउदै यसमा आफ्नो ब्यक्तिगत ईगो नभएको प्रष्ट पार्नुभयो । मन्दिरको विद्युत महशुल समेत तिर्न नसकिरहेको अवस्थाबाट दुईबर्षमै ४० लाख आम्दानी भएको भन्दै उहाँले हल्लाको पछि लाग्नु भन्दा पनि यथार्थ बुझ्न सबैमा आग्रह गर्नुभयो ।
Discussion about this post