बाँके असार २९ गते ।
नेपालगन्ज उपमहानगरपालिकामा धमाधम योजना छनौट भरहेका छन् । विभिन्न वडाहरुले वडा भेलाको आयोजनागरी योजना छनौट गरिरहेका छन् । यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा ८ ले पनि सोमवार एक भेलाको आयोजनागरी योजना छनौट गरेको छ ।
स्थानीय विकास निर्माणदेखि आर्थिक आयआर्जनका कार्यक्रमहरुलाई प्राथमिकतामा दिन स्थानीयबासीले माग गरेको वडाअध्यक्ष सुरेन्द्र गुप्ता बैश्यले जानकारी दिनुभएको छ । कोडिभ १९ का कारण वडा भेला ढिला गर्नु परेको जानकारी दिदै उनले त्यसमा पनि सामाजिक दुरीको पालना गरेर भेला सम्पन्न गरिएको जानकारी दिनुभयो ।
उहाँले वडालाई सम्बृद्धि हुने खालका कार्यक्रम गर्ने धारणा व्यक्त गर्नुभएको छ । भेलामा वडा अध्यक्ष बैश्यको साथमा उक्त वडाका वडा सदस्य रजनी वाजपेयी, निखिल बैश्य,खुसिरानी देवि बानिया, निर्मला कनोजिया,र वडा नम्बर ८ का नन्दकिशोर ठाकुर, सत्यनारायण गुप्ता, गोपिनाथ गुप्ता, राप्रपाका केन्द्रिय सदस्य ओम प्रकाश अजाद लगायत अन्य वडाका जनप्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post