बाँके असार ३० गते ।
घरेलु कार्यालय बाँकेका प्रमुख हुकुम बहादुर ओली ९६ हजार घुस सहित आज पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय प्रमुख ओलीलाई घुस सहित घरेलुु कार्यालय नेपालगन्जबाट पक्राउ गरेको अख्तियारका नेपालगन्ज शाखा प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।
लाइसेन्स बनाइदिने बहानामा सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थामा ओलीलाई पक्राउ परेको गैरेले बताउनुभयो । ओलीमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
Discussion about this post