फाइल फोटो
धरान साउन २ गते ।
शुक्रबार थप एकजना पुरुषको कोरोना भाइसरको संक्रमणबाट मृत्यु भएको छ । सप्तरी राजविराजका ७३ वर्षीय वृद्धको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । विहिबार बेलुका मात्रै कोरोना पोजेटिभ पुष्टि भएको उनको रातीनै उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।मुटुका विरामी समेत रहेका मृतक गत बुधबार अस्पताल भर्ना भएका थिए । स्रोतका अनुसार उनकोशव व्यवस्थापन हुन सकेको छैन । यो सँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।
Discussion about this post