खोजखबर संवाददाता
काठमाडौं भदौ ९ गते । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले शहरी विकास कार्यक्रम अन्तर्गत गरिने कुनै पनि काममा बेइमानी गर्ने वा अनियमितता गर्नेहरु विरुद्ध कडा कारबाही गरिने बताउनुभएको छ। प्रतिनिधिमण्डलको नेतृत्वमा विकास र प्राविधिक समितिको बैठकमा बोल्दै उहाले त्यस्तो बताउनु भएकाे हाे ।
मन्त्री राईसमक्ष सांसदहरूले सहरी विकास कार्यक्रममा अनियमितताको मुद्दा उठाएका थिए र सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री राईले त्यहाँ कुनै अनियमितता भएको छैन, यदि अनियमितता भेटियाे भने सरकार कडा कारबाहीको लागि तयार रहेकाे बताउनु भयाे । उहाले भन्नुभयाे- “यदि धेरै गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरिएको छ वा ठेकेदार र कर्मचारीहरूबीच अनियमितता भएकाे छ भने शहरी विकास मन्त्रालय चुप लागेर बस्ने छैन, उनीहरूलाई कडा कारवाही गरिनेछ।”
Discussion about this post