बाँके साउन ४ गते ।
कोरोनाको त्रास डरको अगाडि मानवता कसरी मौन हुन्छ भन्ने कुरा भारतको कर्नाटकमा भएको एक घटनाले देखाएको छ ।कर्नाटकको बेलगाम जिल्लाबाट मन चसक्क घोच्ने भिडियो बाहिर आएको छ । एक महिला ठेलामा श्रीमानको शवलाई बोकेर अन्तिम संस्कारको लागि जाँदैछिन् ।
सबैलाई कोरोना भाइरसको डरले सताइरहेको थियो, त्यसैले ती महिलालाई सहयोग गर्न कोही पनि अघि सरेनन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार आफ्ना दुई छोरालाई साथमा लिएर ती महिला लोग्नेको शवलाई ठेलामा बोकेर अन्तिम संस्कारको लागि गएकी हुन् ।
स्थानीयबासिन्दाले बताए अनुसार ती महिलाको परिवारमा आर्थिक समस्या छ । एम्बुलेन्समा लैजानको लागि पैसा नभएका कारण उनले त्यसरी ठेलामा राखेर लगेकी हुन् । ती महिलाका ५५ वर्षीय श्रीमान् सदाशिव हिरत्तीको घरमै ज्यान गएको हो ।
मुटु सम्बन्धी बिमारीका कारण उनको ज्यान गएको बताइएको छ ।एकजना स्थानीयका अनुसार ती महिलाले सहयोग माग्दा कसैले सहयोग नगरेपछि श्रीमानको शवलाई कपडामा बेरेर अन्तिम संस्कारको लागि लगेकी हुन् ।
Discussion about this post