बाँके साउन ४ गते ।
बाँकेका १ जनासहित आइतवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३ सय जनाको स्वाव परीक्षण गरिएकोमा बाँकेको कोहलपुर नगरपालिका २ का २९ वर्षीय पुरुष, सल्यान सारदा गाउँपालिकाका २४ र ३९ वर्षीय पुरुष, दाङ लमहीका २१, ३३ र ६३ वर्षीय पुरुष तथा रोल्पा सुनिलस्मृतीका १३, २०, २३ र ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
Discussion about this post