काठमाडौं साउन ५ गते ।
बन्दाबन्दीका कारण स्थगन भएको हवाई उडानहरु भदौ १ गतेबाट सञ्चालनमा आउने भएका छन् । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले हवाई सेवा भदौ १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको हो । आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान सेवा सञ्चालन गर्ने विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रस्ताव पेश गरेको थियो ।
Discussion about this post