धादिङ साउन ६ गते ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङको साँधखोलामा घरमाथिबाट आएको पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाका अनुसार घरमाथिबाट आएको पहिरोले पुर्दा २५ वर्षीय मिलन खाँड, उनकी २२ वर्षीया श्रीमती सम्झना र उनीहरूको १८-१९ महिनाकी छोरी अञ्जिता खाँडको मृत्यु भएको हो।
‘मास्तिर सडक, तलतीर वस्ती छ, सडकमाथिबाट आएको पहिरोले थुनेको भल एकैपटक बग्दा उनीहरू सुतिरहेकै ठाउँमा पुरिएका हुन्’, अध्यक्ष थापाले भने। सोही घरमा बस्दै आएका मृतक मिलनका बाबु भने वस्तु राखेको कटेरोमा बसेकाले बचेको अध्यक्ष थापाले बताए। फाइल फोटो
Discussion about this post